दुईपांग्रे सवारी साधनमा सवार बालबालिका दुर्घटनाको उच्च जोखिममा

प्रहरीले दुईपांग्रे सवारी साधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ । तीव्र गतिमा गुडेका दुईपांग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुईपांग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गरेका छन् ।

प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले शनिबार एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *