कम्युनिष्ट पार्टीका नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : माधव नेपाल
१ माघ २०८१ २०:३७
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनतामा सन्तुष्टि नभएको बताएका छन्।
मंगलबार पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगतिहरु आएको बताए।
उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिने गरी काम गर्न नसकेको उल्लेख गरे। उनले मुलुकको नेतृत्वमा कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए।
नेपालमा कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरे पनि राम्रो काम गर्न नसकेको उनको भनाइ थियो। उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरुले नै कम्युष्टि पार्टीलाई सिध्याएको इतिहास रहेको उल्लेख गरे।
प्रतिक्रिया