फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छ : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएकी छन् ।
सोमवार काठमाडौंमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । उनले व्यवसायीहरू पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताइन् ।
उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरू उठ्दै आएकाले त्यसमा विचार पु¥याउन व्यवसायीहरूलाई आग्रह गरिन् । उनले होटेल तथा फास्ट फुडहरू ठूलो स्पेस र पूर्वाधारहरूले मात्रै पाँच तारे हुन नसक्ने बताइन् ।
उनले पाँच तारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताइन् । उनले महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा रहेको बताइन् । उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘पाँच तारे होटेल फास्ट फुड पूर्वाधारहरूले मात्रै हुँदैन । ठूलो स्पेश हुँदैमा पाँच तारे हुँदैन । गुणस्तरमा पाँच तारे भनेर चिनिन आवश्यक छ । महानगरले फास्ट फुडहरूमा विभिन्न खालका स्टार स्टिकरहरू राख्ने अभियानमा छ । राम्रो काम गर्ने व्यवसायीहरूलाई प्रोत्साहन मिल्छ । राम्रो गर्न सक्नु भएको छैन भने गुणस्तरमा पाँच तारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला । सुधारात्मक बाटोमा लैजानको लागि महानगरले काम गर्दैछ । महानगरले व्यवसायीहरूको व्यापार फस्टाओस् भनेर काम गरिरहेको छ ।’
उनले महानगरले व्यवसायीहरूको व्यापार व्यवसाय सहजीकरणको लागि काम गरिरहेको बताइन् ।
प्रतिक्रिया