सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न
२८ पुष २०८१ २०:२५
सिद्धार्थ बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बैंकको आज काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैँयाको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार दुई सय आठ नगद लाभांश कर प्रयोजनका लागि समेत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र विरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फतबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि)निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया