
काठमाडौंमा छठको तयारी अन्तिम चरणमा


काठमाडौंको विभिन्न स्थानमा रहेको नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ ।
छठ पर्वको मुख्य दिन आइतबार छठी माईको पूजाका लागि काठमाडौंको कमल पोखरी, कुपन्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरूमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो ।
कुपण्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतीशकुमार झाले बताए । उनलेसो ठाउँमा छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी पनि दिए ।
काठमाडौंको विभिन्न १३ स्थानमा छठ पर्वको तयारी भइरहेको छ । सोहीअनुसार कमलपोखरीमा पनि छठ पर्वको तयारीको काम अन्तिम चरणमा पुगेको कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए । उनका अनुसार सो तयारीका लागि काठमाडौं महानगरपालिकाले आवश्यक आर्थिक सहयोग उपलब्ध गराएको छ ।
कमल पोखरीमा छठ पूजाका लागि ७ फिट अग्लो छठी माईको मूर्ति राखिएको छ ।
सूर्य भगवानको पूजाआजा गरी अत्यन्त निष्ठापूर्वक मनाईने यो पर्वको शनिबार दोस्रो दिन खरना मनाइँदैछ । आइतबार छठ पर्वको मुख्य दिन हो । यस अवसरमा छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, निषेधित क्षेत्र तोड्ने तयारी
- वीरगञ्ज घटनाप्रति २३ प्रवुद्ध नागरिकको आपत्ति (विज्ञप्तिसहित)
- विश्वव्यापी ‘ट्यारिफ वार’को असर नेपालको अर्थतन्त्रमा पर्ने निश्चित : कमलेश अग्रवाल
प्रतिक्रिया