रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।

काठमाडौँ जिल्ला अदालतका ६ नम्बर बरीयताका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र थुनछेक हुने अदालतका एक अधिकृतले जानकारी दिए ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको प्रकरणमा प्रतिवादी बनाएका उनी आइतबार आफै अदालतमा हाजिर भएका हुन् ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिल कार्यालयले मुद्दामा उनले लगेकाे  ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर