प्रहरी अस्पतालमा कार्यरत प्रहरीको रहस्यमय मृत्यु

नेपाल प्रहरी अस्पतालमा काजमा कार्यरत ३४ वर्षीय प्रहरी सहायक हवल्दार प्रकाश तामाङको रहस्यमय मृत्यु भएको छ।
ललितपुर महानगरपालिका ८ बालकुमारी गुईटोलस्थित डेरामा बसोबास गर्दै आएका तामाङको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

शुक्रवारदेखि आफन्तहरूले तामाङसँग सम्पर्क गर्न खोज्दा फोन नउठेपछि उनको खोजी थालिएको थियो। शनिवार बिहान करिब ६:४५ बजे तामाङका भाई लवकुश तामाङले उनको डेरामा गएर हेर्दा, तामाङलाई दुई पलङको बीचमा बेहोस अवस्थामा भेटेका थिए।

तत्कालै उनलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज लगिएको थियो। अस्पतालमा चेकजाँच गर्दा तामाङको मृत्यु भइसकेको पुष्टि गरिएको छ। उक्त जानकारी अस्पतालले बिहान ११ बजे प्रहरीलाई दिएको थियो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर