बीमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन आह्वान
२६ पुष २०८१ १०:००
नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन आह्वान भएको छ ।
प्राधिकरणको गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै अध्यक्ष पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो ।
योग्य तथा इच्छुक नागरिकले आवश्यक कागजातसहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया