लमजुङमा नविकरण नभएका ११४ थान हतियार बरामद

लमजुङमा नविकरण नभएका ११४ थान हतियार प्रहरीले बरामद गरेको छ ।

हतियार नविकरणका लागि पटक पटक आग्रह गर्दा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले, एकनाले वृज लोडिङ राइफल र १२ बोर दुई नाले बन्दुक बरामद गरिएको डीएसपी श्रीवास्तवले बताए ।

अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ । स्थानीयले ४ सय ७० थान हतियार द्वन्द्वकालमा बुझाए पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । ती हतियार रुजु गरेर अहिले लगत राखिएको श्रीवास्तवले बताए ।

बरामद गर्नुपर्ने ७६४ थान हतियारको विवरण तयार गरेर प्रहरीले ३ महिनासम्म हतियार सङ्कलन गर्ने अभियान चलाएको उनले बताए । अब २१९ थान हतियार बरामद गर्नुपर्ने रहेको समेत उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर