अनलाइन ठगी बढ्यो, अपरिचित व्यक्तिको फोन म्यासेज रिप्लाई नगर्नुहोला : सीआईबी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभिन्न नाममा अनलाइन ठगी बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।

सीआईबीले शुक्रबार सर्वसाधारणका लागि सूचना जारी गर्दै ठगिनबाट जोगिन आग्रह गरेको हाे ।

सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ।

ब्युरोले हाल विभिन्न ठगीका घटनाको अनुसन्धान गरिरहेको छ। ठगीका घटना बढेकाले अपरिचित व्यक्तिको फोन, म्यासेजको रिप्लाई नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

सामाजिक सञ्जालको दुरुपयोग गरी देशैभर ठगीका घटना बढेको सीआईबीले जनाएको छ। ब्युरोले हाल विभिन्न ठगीका घटनाको अनुसन्धान गरिरहेको छ। ठगीका घटना बढेकाले अपरिचित व्यक्तिको फोनको रिप्लाई नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको बोगटीले बताए।

इसेवा र खल्तीजस्ता वालेटसहित बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी संस्थाको आधिकारिक व्यक्ति भनेर फाेन सम्पर्क गरेर समेत ठगी हुने गरेकाे ब्यूराेले जनाएकाे छ ।

उसले पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरुको ५ लाख ५० हजार, बिभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौ रकम ठगी गरिएको सम्बन्धनमा अनुसन्धान भइरहेकाे समेत जनाएकाे छ ।

यस्तै सामाजिक संजालमा बिभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र बिभिन्न किसिमका कृतिम आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईलाई फाईदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र खोल्ने बित्तिकै युजरनेम र पासवर्ड चाेरेर पैसा ट्रान्सफर गर्ने समेत हुने गरेकाे घटनामा अनुसन्धान भइरहेकाे एसपी बाेगटीले बताए ।

उनका अनुसार हालसम्म ५०० भन्दा बढी शंकास्पद फाेन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरुबाट आएका फोन तथा मेसेजहरु नउठाउन तथा रिप्लाई नगर्न हुन समेत अनुरोध गरिएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *