१६० किलो गाँजासहित वीरगन्जबाट दुईजना पक्राउ

पर्सा प्रहरीले १६० किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र चितवनको राप्ती नगरपालिका–३ झुरझेरका २० वर्षीय राजलाल विश्वकर्मा रहेका छन् ।

घलान ट्रकधनी समेत हुन् ।

पर्सा प्रहरीकाे टाेलीले आइतवार राति परवानीपुरबाट वीरगन्ज ड्राइपोर्टतर्फ जाँदै गरेको ना. ३ ख ४२१२ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

चेकजाँचको क्रममा ट्रकको हुटमा फल्स बटम बनाएर लुकाएर राखिएको १६ वटा पोकामा रहेको १ क्वीन्टल ६० केजी गाँजा बरामद भएको  लम्सालले बताए ।

गाँजा र ट्रकसहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *