जिल्ला प्रहरी परिसर ललितपुरबाट नागरिक सम्मानित

गोदावरी नगरपालिकामा विपद् व्यवस्थापन र समुदायप्रति विशेष योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।

सम्मानित हुनेमध्ये काभ्रेपलाञ्चोक जिल्ला, रोशी गाउँपालिका-७ स्थायी वतन भई हाल ललितपुरको गोदावरी नगरपालिका-३ बसोबास गर्ने दावा तामाङलाई विशेष सम्मान प्रदान गरिएको छ।

तामाङले वि.सं. २०७२ सालदेखि गोदावरी-फुलचोकी जंगल क्षेत्रमा हराएका, वेपत्ता भएका तथा विपद्‌मा परेका ६२ भन्दा बढी व्यक्तिहरूको उद्धारमा अहोरात्र खटिँदै ज्यानको प्रवाह नगरी उल्लेखनीय योगदान पुर्‍याएका थिए। उद्धार कार्यमा उनले नेपाल प्रहरीसँग सहकार्य गर्दै पर्यटक, पदयात्री, तथा स्थानीयलाई समयमै सकुशल उद्धार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

कार्यक्रममा ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शेखर खनालले दावा तामाङलाई कदर-पत्र प्रदान गर्दै उनको निस्वार्थ सेवाभावको प्रशंसा गरे। यस अवसरमा चेतनाथ बजगाई, लक्ष्मीप्रसाद सुवेदीसहित अन्य व्यक्तिहरूलाई पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विशेष योगदानका लागि सम्मान गरिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सि.प्र.असहित प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा समुदायसँग सहकार्य गरेर शान्ति र सुरक्षामा योगदान पुर्‍याउने नागरिकहरूको योगदानको उच्च प्रशंसा गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *