रविविरुद्धको साढे चार सय पेज लामो आरोप पत्र अदालतमा पेश
सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ ।
साढे चार सय पेज लामो आरोप पत्र र त्यससँग सम्बन्धित प्रमाण अदालतमा पेश गरिएको जनाइएको छ । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ ।
जिल्ला अदालत कास्कीका अनुसार अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको छ। सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ । उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब बिगो मागदावी गर्नुपर्ने राय छ ।
सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीवी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
प्रतिक्रिया