भारतीय दूतावासमा ध्यान दिवस मनाइयो
६ पुष २०८१ १९:०३
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाएछन् । यसैबिच श्री चिन्मय केन्द्रसँगको सहकार्यमा आज नेपालस्थित भारतीय दूतावास परिसरमा एक ध्यान कार्यक्रमको आयोजना गरिएको छ।
वैश्विक सद्भाव प्रवर्द्धन गर्दै र मानसिक स्वास्थ्यलाई बढवा दिँदै केन्द्रका सदस्यहरूका साथै दूतावासका अधिकारीले ध्यान अभ्यास गर्न उक्त ध्यान कार्यक्रममा सहभागिता जनाएका थिए ।
डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । राष्ट्रसङ्घले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका छन् ।
प्रतिक्रिया