
न्यायपालिकामा समस्या छ, शुद्धीकरण गरेर अघि बढ्नुपर्छ: कामु प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले काम गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गरे । न्यायपालिका सुधारको लागि सरोकारवाला सबै निकाय कटिवद्ध हुनुपर्ने उनको भनाइ छ । उनले छुट्टै कानून विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।
‘न्यायपालिकामा केही समस्याहरु देखिएका छन् । समस्याहरु पहिला पनि थिए र अहिले पनि आएका छन् । न्यायपालिकामा धेरै समस्याका कुरा आइरहेका छन् । हामी यसलाई सुधारका लागि अघि बढीरहेका छौँ । केही समस्या देखिएका छन् । न्यायपालिकामा पूर्ण समस्या छ । काम गर्न सक्दैन भन्ने कुरा भएको छ । वास्तवमा त्यो होइन, विकृति, विसंगति छन्, हामी त्यसलाई हटाउँदै जानेछौँ । सम्बोधन हुन्छ । हामी सबैको सुधारको लागि कटिबद्ध हुनुपर्छ,’ उनले भने ।
‘मैले पनि महसुस गरेको छु, कानूनको हकमा विश्वविद्यालय छुट्टै हुनुपर्छ । सर्वोच्चबाट यसको प्रयास जारी रहन्छ । यस अभियानमा लाग्नुपर्छ । न्यायपालिकाको शुद्धीकरणको लागि यस्ता समस्या नआओस् भन्नका लागि नैतिकताको विषयमा पनि विचार गर्नुपर्छ र पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ कि भन्ने लागेको छ,’ कार्कीले भने ।
- पाँच वर्षभित्र विपद् उत्थानशिल नेपाल बनाउने मिसनमा छुः कार्यकारी प्रमुख दिनेश भट्ट
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- माओवादीलाई काँग्रेसको आग्रह- कुलमानलाई देवत्वकरण गर्ने भए प्रतिपक्षी दलको अध्यक्ष बनाउनुस्
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
प्रतिक्रिया