सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छ : कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएका छन्।

शुक्रबार कृषि पत्रकारहरुको संस्थाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले समय परिवर्तन भएपनि खानेकुरामा मानिसहरु रैथानेबालीमा आकर्षण बढेको बताए। उनले पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेको बताए। बाल्यकालमा आफू पनि कोदोको रोटी खाएर हुर्केको स्मरण गरे।

उनले भने,‘समय परिवर्तनसँगै खाने कुराहरुमा परिवर्तन भएका छौं । तर पछिल्लो समय पुरानो रैथाने बालीहरु खाज्दै हिँडेका छौं । गाउँमा उत्पादन भएका रैथानेबालीहरु स्वास्थ्यका लागि आवश्यकता रहेछ भन्ने महशुस हुँदै आएको छ । रैथानेबालीहरुको विकासका लागि मन्त्रालय सचेत छ।’

उनले रैथाने बालीहरुको विकास र संरक्षणको लागि सरकारले पहल गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *