सर्बियामा बीआरआई परियोजनामा निर्माण भएकाे पुल ढलेपछि प्रदर्शन, भ्रष्टाचारको आरोप
चिनियाँ ठेकेदारहरूसँगको कारोबारमाथि शंका
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सर्बियाको नोभि साडमा निर्माण गरिएको रेलवे स्टेशनसँग जोडिएको पुल ढलेपछि स्थानीय नागरिक र विद्यार्थीहरूले जवाफदेहिताको माग गर्दै प्रदर्शन जारी राखेका छन्।
नोभेम्बर १ मा भएको यो दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। घटनापछि ६ हप्ताभन्दा बढी समयदेखि प्रदर्शनकारीहरूले सर्बियाली राष्ट्रपति अलेक्जान्डर भुकिकको प्रशासनविरुद्ध सडकमा उत्रिएर भ्रष्टाचार र लापरवाहीको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले बेइजिङका चिनियाँ ठेकेदारहरूसँगको कारोबारमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन्। उनीहरूको भनाइमा, परियोजनाको गुणस्तरमा लापरवाही र ठेकेदारहरूलाई अनियमित ढंगले ठेक्का दिइएको कारण दुर्घटना भएको हो।
प्रदर्शनकारीहरूले दोषीलाई कारबाही र पीडितका परिवारलाई न्यायको सुनिश्चितताको माग गरेका छन्। उनीहरूले पुल निर्माणमा संलग्न सबै पक्षमाथि स्वतन्त्र अनुसन्धान हुनुपर्ने भन्दै सरकारको चर्को आलोचना गरेका छन्।
यो घटना बीआरआई परियोजनाहरूको पारदर्शिता र विश्वसनीयतामाथि पुनः प्रश्न खडा गर्दै, स्थानीयस्तरमा तीव्र असन्तोष फैलाएको छ।
प्रतिक्रिया