सिरहा प्रहरीले नष्ट गर्‍याे १५ लाख बराबरको पटका

सिरहा प्रहरीले १५ लाख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट गरेको छ।

सिरहा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार भारतबाट केही दिनअघि नेपाल भित्र्याइएको उक्त पटका जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो।

बरामद भएको पटका मंगलबार स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो। प्रहरीले तिहारका बेला पटका नपड्काउन भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *