विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्य नियुक्त गरेका हुन् ।

यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि बुधबार मन्त्री खड्काले केसी र पराजुलीलाई सदस्य नियुक्त गरेका हुन् । आचार्य नेकपा एस र पुन माओवादीको कोटाबाट सदस्यमा नियुक्त भएका थिए ।

केसी नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन) का अध्यक्ष हुन् भने पराजुली नेकपा एमाले निकट हुन् । उनीहरूको कार्यकाल चार वर्षको हुन्छ । पराजुली रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा समेत जलविद्युत विज्ञ हुन् । रेमिट हाइड्रो लिमिटेडको सञ्चालक समितिमा पराजुलीको नाम उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर