बन्दी प्रत्यक्षीकरण मुद्दामा दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्चको आदेश
३ पुष २०८१ १६:२३
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
प्रसाईँका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाउ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।
यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईँलाई कानुनसम्मत रूपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।
प्रतिक्रिया