मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’
१ पुष २०८१ ८:११
मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ‘ह्याक’ भएको छ ।
आइतबार रातिदेखि वेभसाइट ह्याक भएको महाशाखाकी मौसविद् बिनु महर्जनले जानकारी दिएकी छन् । महाशाखाको वेभसाइट http://mfd.gov.np/ ह्याक भएको भन्ने सूचना देखाइएको छ ।
‘ह्याक भएको हो । राति साँझको फरकास्ट अपडेट गरेपछि भएको हो । राति हेर्दा स्क्रिनमा त्यस्तो देखियो,’ महर्जनले भनिन् । समाधानका लागि प्राविधिकहरूले काम गरिरहेको महर्जनले जानकारी दिएकी छन् ।
प्रतिक्रिया