१३ वर्षपछि पक्राउ परे नेपाल बैंकका उपप्रवन्धक
नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहरिएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।
बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । २०६८ भदौ ६ गते श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो ।
२०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । छुट्टा छुट्टै मुद्दामा ६र६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने प्रहरीले जनाएको छ । श्रेष्ठलाई फैसला कार्यान्वयनको लागी आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गर्नु पर्ने भए पनि सार्वजनिक बिदाका कारण उनलाई सोमबार मात्रै अदालतमा पेश गरिने भएको छ ।
प्रतिक्रिया