३० किलो भन्दा बढी तौलको अजिङ्गरको उद्धार

बेलौरी नगरपालिका- ४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरिएको छ।

कुण्डा सब-डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार आइतबार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१.५८० किलोग्राम तौलको छ। उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका- ५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।

उनका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरलाई समेत आहारा बनाउँछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ। यो प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ । समुन्द्री सतहदेखि १०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *