राष्ट्रपतिद्वारा पाँच देशमा नेपाली राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशमा राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूतको नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज नियुक्त भएकाहरुको केही समयअघि नै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर