गुकेश बने सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन

भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् ।

अन्तर्राष्ट्रिय चेस महासंघले सोसल मिडिया प्लेटफर्म एक्समा ‘इतिहासमा सबैभन्दा कम उमेरको विश्व च्याम्पियन’ भन्दै पोष्ट गरेको थियो । डिङले आफ्नो रोमाञ्चक अन्तिम खेलमा राजीनामा दिएपछि गुकेश विजयी भए ।

आफू नयाँ विश्व च्याम्पियन भएको थाहा पाएपछि गुकेस दुवै हातले अनुहार छोपेर रोए ।

अन्तिम खेलमा गल्ती गरेपछि ३२ वर्षीय डिङ टेबलमा लडे । यसले उनको प्रतिद्वन्द्वीलाई अवसर प्राप्त भयो ।

खेल हेर्न आएका धेरै भारतीय र भारतीय मूलका स्थानीय सिङ्गापुरवासीसहित उत्साही प्रशंसकहरूले खेल हेर्ने कोठामा जोडले हर्षोल्लास व्यक्त गरे ।

आफ्नो उमेरमा गुकेशले २२ वर्षको उमेरमा विश्व चैम्पियनको उपाधि जितेका रुसी गेरी कास्परोभको कीर्तिमानलाई पछाडि पारे ।

उनी पाँच पटकका विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दपछि उपाधि जित्ने दोस्रो भारतीय पनि बनेका छन् ।

गुकेशको १४ औँ खेलमा भएको विजयले उनलाई ७.५ अंक र डिङलाई ६.५ अंक दिलायो । यसले उनको विश्व च्याम्पियनशिप चुनौतीका लागि सबैभन्दा कम उमेरमा पुग्ने असाधारण उत्थानलाई पक्का गर्‍यो ।

विजयमा उदार भएर गुकेशले डिङको प्रशंसा गर्दै साँचो च्याम्पियन जस्तो युद्ध गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *