रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (बिहीबार) अदालतमा उपस्थित गराइने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

रविलाई पछिल्लो पटक थपिएको चार दिनको म्याद आज सकिने भएपछि अदालत उपस्थित गराउन लागिएको बताइएको छ । सहकारीको रकम अपचलन आरोपमा रवि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ परेका लामिछानेलाई पटक–पटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एक–दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *