
प्रधानसेनापतिद्वारा अमेरिकाका उच्चपदस्थ पदाधिकारीसँग भेटवार्ता

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति शर्माले अमेरिकाको संयुक्त चिफ अफ स्टाफ एडमिरल क्रिस्टोफर डब्ल्यू ग्रेडीका उपाध्यक्ष तथा दक्षिण र दक्षिणपूर्व एशियाका लागि रक्षा सहायक सचिव लिन्डसे डब्ल्यू फोर्डसँग भेटवार्ता गरेका हुन् ।
यस्तै, चिफ अफ स्टाफ अफ द आर्मी (सीएसए) का जनरल जेम्स चाल्र्ससँग पनि भेटवार्ता गरेका छन् । नेपाली सेनाका अनुसार उक्त भेटघाटका क्रममा, नेपाल र मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयहरुमा छलफल तथा विचार विमर्श भएको थियो ।
शुक्रबार प्रधानसेनापति शर्मा र भ्रमणदलका सदस्यहरुले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय र विभिन्न विभागका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
- संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोईराला
- गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावास जानुभएको भने, त्यसको खण्डन गर्छु: देउवा
- काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
- सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : मोहन आचार्य
प्रतिक्रिया