धुनीबेशी ४ का वडाध्यक्षसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी

धादिङको धुनीबेशी नगरपालिका–४ का वडाध्यक्ष र सचिवसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सरकारी कागजात कीर्ते गरेको आरोपमा जिल्ला जिल्ला अदालत धादिङबाट पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी हुनेहरूमा वडाध्यक्ष हरिप्रसाद सुवेदी, तत्कालीन वडासचिव मिलन कुमार सुवेदी, उक्त वडाका अर्का कर्मचारी निर्मल गौतम, धादिङकै थाक्रे गाउँपालिका–८ का २९ वर्षीय रविन्द्र तामाङ, धुनीवेशी–४ का ३० वर्षीय राजु तामाङ, धुनीवेशी–४ कै ५५ वर्षीय मदन दमाई र काठमाडौंको तार्केश्वर नगरपालिका–४ पुरोना गुहेश्वरी बस्ने ३६ वर्षीय जमुना परियार छिन् ।

उनीहरुविरुद्ध कीर्ते कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी दीपेन्द्र शाहीले बताए । उनीहरूले जमुना परियारको छोराको नाममा रहेको जग्गा बेच्नका लागि उमेर बढाएर दोस्रो जन्मदर्ता बनाएका थिए । त्यसपछि जमुनाले नाबालकलाई साबालक छोराको समेत अनुमति भनेर करोड भन्दा बढी मूल्यको जग्गा बेचेको अनुसन्धानमा खुलेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *