मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो

मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् ।

मलेसियामा राजदूत नियुक्त नहुँदा मलेसियाका सेवा क्षेत्रबाट नेपालीका लागि आएका माग गुमाउनु परेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका हुन् ।

आन्तरिक समस्या देखाउँदै केही समयका लागि आप्रवासी श्रमिक लिन बन्द गरेको मलेसिया सरकारले गएको असोजदेखि उत्पादन क्षेत्रबाहेक अन्य क्षेत्रमा आंशिक श्रमिकको माग गर्न थालेको जनाइएको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाले आंशिक रूपमा कृषि, प्लान्टेसन, मार्ट तथा सुरक्षा गार्डलगायत क्षेत्रमा आप्रवासी श्रमिकको माग आएको तर प्रमाणीकरण नहुँदा पठाउन नसकिएको जानकारी दिए । राजदूत नभएकाले मागपत्र प्रमाणीकरणका लागि राजदूत नै चाहिने भनेर लगभग तीन लाख माग रोकिएको  भनाइ छ ।

श्रमिक पठाउन नेपालसँग प्रतिस्पर्धी बङ्गलादेश, फिलिपिन्सलगायतका देशले खुला भएका क्षेत्रमा श्रमिक पठाउन थाले पनि नेपालले अवसर सदुपयोग गर्न सकेका छैन । डेढ वर्षअगाडिसम्म मलेसिया नेपालीको प्रमुख गन्तव्य थियो । अहिले ठप्प भएको छ ।

मलेसियाले आंशिक रूपमा केही क्षेत्रमा मात्रै आप्रवासी श्रमिक लैजान थाले पनि पूर्ण रूपमा भने खुलाएको छैन । यसअघि यही डिसेम्बरसम्म सबै क्षेत्रमा आप्रवासी लैजाने अनौपचारिक कुरा सार्वजनिक भएको थियो ।

वैदेशिक रोजगार विभागले पनि मलेसिया कहिलेदेखि पूर्ण रूपमा खुला हुन्छ भन्ने विषयमा कुनै जानकारी नआएको जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर