
विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न


सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज जानकीको मटकोर सम्पन्न भएको छ ।
जानकी मन्दिरबाट बाजागाजासहित पुगेर जनकपुरधामको ऐतिहासिक गंगासागरमा भव्यतापूर्वक जानकीको मटकोर सम्पन्न गरिएको हो ।
सो अवसरमा गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती दिउँसै नै भएको छ । मटकोर अब्लोकन गर्न हजारौँ श्रद्धालुको भीड लागेको थियो ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको छैटौँ दिन भोली शुक्रबार जनकपुरमा भगवान् राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ ।
मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।
भोलि विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाइ अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया