नेपालभर एकसय ६६ सिनेमा घर, बागमती प्रदेशमामात्रै ६७
१९ मंसिर २०८१ १५:५७
चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा छन् ।
बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरेको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ ।
सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण गर्न आग्रह समेत गरेको छ ।
- रविलाई कानून बमोजिम नै कास्की पुर्याएका हौँ, दुर्व्यवहार भएको छैन : चितवन प्रहरी
- थारु क्लस्टरसहितको निजामती विधेयक नबन्दा थारुमाथि अन्याय भइरहेको छ : खेलकुदमन्त्री
- कर्मचारीले उच्च मनोबलका साथ काम नगर्दा जनतालाई प्रभावकारी सेवा दिन सकिएन : अर्याल
- रवि लक्षित प्रधानमन्त्रीको टिप्पणी- देश चलाउन सहकारी ठगे जस्तो हुँदैन
प्रतिक्रिया