काठमाडौँमा रविको बयान सकियो

जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबारदेखि जारी पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सोमबार सकिएको छ।

उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार काठमाडौँको बयान सकिएकाले रविलाई मंगलबार पोखरा पठाइनेछ।

त्यस्तै, पोखराबाट उनलाई अर्को बयानका लागि चितवन पठाइनेछ ।

चितवन प्रहरीले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध चलेको मुद्दामा रवि लामिछानेको बयानका लागि त्यसतर्फ लैजाने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *