मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
१४ मंसिर २०८१ २०:४५
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नहरेको बताएका हुन्। नेता डा कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए।
उनले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गरे। एक अर्को प्रसङ्गमा नेता डा कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राखे।
प्रतिक्रिया