प्रधानसेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीप जंग केसीलाई शुक्रबार रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

उनी नेपाल सरकार, मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका हुन् । पदोन्नतिसँगै रथी केसी बलाध्यक्षमा नियुक्त भएको नेपाली सेनाले जानकारी दिएको छ ।

दर्ज्यानी चिन्ह प्रदान गर्न आयोजित कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूका साथै परिवारजनको उपस्थिति थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *