राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि राजनीतिक दलहरु कहिल्यै पनि स्वतन्त्र हुन नसक्ने बताएका छन्।

बिहीबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।। उनले दलको नाम स्वतन्त्र राखेर मानिसहरुको असन्तुष्टिलाई क्याच गरेर ठगी गरेको टिप्पणी गरे।

उनले यस्तो भाष्यले दलहरुले वर्षौंदेखि शासन गरे, अब मानिसहरु स्वतन्त्र हुनुपर्छ भन्दै राजनीतिक दलहरुप्रति केही असन्तुष्टि बाहिर आएको बताए।

उनले मुलुकमा दलको विकल्प दल नै हुने र लोकतन्त्रको विकल्प फेरि पनि लोकतन्त्र नै भएको बताए। उनले स्वतन्त्र मनोविज्ञानलाई क्याच गर्नको लागि एउटा दलले आफ्नो नाम नै स्वतन्त्र राखेको बताए।

उनले देशमा हरेक नागरिकलाई स्वतन्त्र नेपाली कांग्रेस पार्टीले बनाएको दाबी गरे। उनले कुनै दललाई नरोज भन्ने अभिव्यक्ति मानिसहरुमाथिको हुकुम भएको बताए।

उनले राजनीति दर्शन, आर्थिक दर्शन, सामाजिक दृष्टिकोण पुरानै बोक्ने अनि जन्ममिति निर्वाचन आयोगमा दर्ता गरेको कारणले मात्रै नयाँ भन्ने खालको मनोविज्ञान बनाउनु उचित नभएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर