सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् ।

मंगलवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

श्रेष्ठलाई सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

शपथ ग्रहण गर्दै श्रेष्ठले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म इमान र कर्तव्यमा रही बफादार भएर काम गर्ने बताए ।

उहाँले नेपाली पुँजीबजारमार्फत मुलुकको अर्थतन्त्र योगदान पुग्ने गरी लगानीकर्ताको हितमा काम गर्ने बताए ।

उनले बोर्डमा चुनौतीहरु धेरै ठूला रहेको भन्दै चुनौतीहरुलाई अवसरको रुपमा लिँदै नेपाली पुँजीबजारलाई नयाँ उचाईमा पु¥याउने प्रतिवद्धता जनाए ।

उनले चुनौतीहरुलाई प्राथमिकता दिएर काम गर्ने बताउनु भयो । उनले पुँजीबजार बिस्तार गर्न अवसरहरु धेरै रहेको भन्दै नेपाली पुँजीबजारलाई पूर्णरुपमा सदुपयोग नभएको बताए ।

उनले पुँजीबजारको दायरा बढाउन सकिने अवस्था रहेको भन्दै पुँजीबजारको सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्ने बताए ।

त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखि नियुक्त हुन नसकेको बोर्ड अध्यक्षमा खुला प्रतिष्पर्धाको माध्यमबाट अध्यक्ष छनोट गरेको बताए ।

उनले अध्यक्षबाट नेपाली पुँजीबजारको क्षेत्रमा रहेका समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने अपेक्षा रहेको बताए ।

उनले अध्यक्षले पुँजीबजारको व्यवस्थित विकासको लागि बोर्डले गतिशिल भएर काम गर्ने बताए । उनले बाहिर आएका हल्लालाई चिर्नको लागि राम्रो काम गर्न निर्देशन दिए ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । सोमवारको मन्त्रीपरिषद् बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *