प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने सरकारको निर्णय

सरकारले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

एक मन्त्रीले दिएको जानकारी अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी ऐन छलफलका लागि विधायन समितिमा  पठाउने निर्णय गरेको हो ।

यसअघि आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *