सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५-अन्डर ६७को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहेका छन।
उनले नेपाल नम्बर एकगल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे।४-अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्तरूपमा दोस्रो स्थानमा रहेका छन। ३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे।यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमापाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन। यसैगरी भुवन कुमार रोक्कार राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे। उनीहरूले १-अन्डर ७१ स्कोरगरे। इभन-पार ७२ को स्कोरमा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामासंयुक्तरुपमा आठौं स्थानमा रहेका छन।
गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिनतोरणले ५-अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३-अन्डर३३ मा सकाए। बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौंर नवौं होलमा बर्डी प्रहार गरे। यसपछि दशौं होलमा एक सट खेरफाले। तर यसपछि १२औं, १३औं र १५औं होलमा एक-एक सटबचाएर ब्याक नाइन २(अण्डर ३४ मा सकाए। यसरी पहिलो दिन ६बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे।
नेपाल नम्बर एक भुवनले पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्टनाइन ३-अन्डर ३३ मा सकाए। उत्कृष्ट सुरूवात गरेका भुवनले ब्याकनाइनमा भने तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे। ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले। उनले १०औं, १६औं र १७औं होलमा एक-एक सट बचाए। १४औं र १८औं होलमा बोगी प्रहार गरे।
सुनिल केसीले सुरूवात राम्रो गर्न सकेनन। उनले फ्रन्ट नाइन १-ओभर३७ मा सकाए। पाँचौं र छैटौं होलमा बोगी प्रहार गर्दा सातौं होलमाएक सट बचाए। यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे।११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे भने १८औंहोलमा पनि एक सट बचाए। ब्याक नाइन ५-अन्डर ३१ मा पुरा गर्दा ४-अन्डर ६८ को स्कोरकार्ड तयार पारे।
एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे। १-ओभर ७३ सहित विजयदोस्रो स्थानमा छन। डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभावआचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन।
चार दिन सम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दाकम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारीप्रस्तुत गरिरहेका छन। ३६ होलपछि कट लागु हुनेछ। उत्कृष्ट २१प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागीस्थान सुरक्षित गर्नेछन। प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन।
प्रतिक्रिया