प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं- प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सचिव पदबाट राजीनामा दिएका हुन् ।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको स्रोतले जानकारी दियो ।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा छन् । सभामुख विदेश भएका बेला सचिव अधिकारीले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

असार १७ गते सभामुख घिमिरेले अधिकारीलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर