सिस्नेरी घटना : ज्यान गुमाएका खेलाडीका अभिभावकले एन्फामा गरे तालाबन्दी

सिस्नेरीको पहिरोमा परी ज्यान गुमाएका खेलाडीका अभिभावकले अखिल नेपाल फुटबल संघ (एन्फा)मा तालाबन्दी गरेका छन् ।

बिहीबार उच्चस्तरीय छानबिन समितिको माग राख्दै अभिभावकहरुले धर्ना कार्यक्रमसहित एन्फामा तालाबन्दी गरेका हुन् ।

मंगलबार सिस्नेरी एन्फा एकेडेमीमा गएको पहिरोमा परी ज्यान गुमाएका खेलाडीको परिवारले न्याय नपाएको बताएका थिए । अभिभावकहरुले आफूहरुलाई कुनै राहत नभई न्याय चाहेको बताएका छन् ।

एन्फाले सो घटनालाई गम्भीरतापूर्वक नलिएको र गैरजिम्मेवारीपूर्वक रुपमा प्रस्तुत भएको अभिभावकहरु बताउँछन् । साथै, छानबिनका लागि गठन गरिएको टोली पनि स्वीकार्य नभएको बताएका छन् ।

असोज १२ गते मकवानपुरस्थित एन्फाको तालिम केन्द्रमा पहिरोमा परी ६ जना किशोर खेलाडीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर