उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण बेवरेजेस लिमिटेड सम्मानित

उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण बेवरेजेस लिमिटेड नेपाल सम्मानित भएकाे छ ।

आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै वरुण बेवरेजेस लिमिटेडलाई सम्मान गरेको हो।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा वरुण विभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोरालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मानपत्र प्रदान गरेका हुन्।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।

कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयहरूलाई पनि सरकारले बर्सेनि सम्मान गर्दै आएको छ।

सन् १९९५ मा स्थापना भएको वरुण विभरेज (नेपाल) प्राली अमेरिकन बहुराष्ट्रिय कम्पनी पेप्सीको बोटलर कम्पनी हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर