
खोला किनारको मापदण्ड खारेजको माग गर्दै प्रदर्शन

सडक र खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै आज (बिहीबार) माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।
मापदण्ड खारेजको माग गर्दै र्यालीसहित खबरदारी कार्यक्रम गरिएको उनीहरूले बताएका छन् । सुमन सायमीलगायतको अगुवाइमा बागमती नदी किनारबाट र्याली शुरू भई माइतीघर मण्डल पुगेको हो । ३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो । सर्वोच्च अदालतले नदी किनारबाट दायाँ–बायाँ २०–२० मिटर छाडेर मात्रै संरचना बनाउन पाइने आदेश दिएको थियो । त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया