सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १५६ जनाले दिए आवेदन
५ मंसिर २०८१ १६:०३
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका कूल १५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । आवेदकहरूमा उच्च अदालतका पूर्वन्यायाधीशसमेत छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रूपमा ८९, अनलाइनमार्फत २० र संघसंस्थाको सिफारिसमार्फत ४७ आवेदन परेका छन् ।
२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म थियो ।
- चीनसँगको बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
- योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन : मन्त्री पौडेल
- कांग्रेसलक्षित ज्ञवालीको टिप्पणी- बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ
- एयरलाइन्स कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन मन्त्री पाण्डेको निर्देशन
प्रतिक्रिया