सांसद बजगाईलाई लिखित स्पष्टीकरण बुझाउन कांग्रेसको निर्देशन
सत्तारुढ नेपाली कांग्रेसले पार्टी सांसद राजेन्द्र बजगाईलाई बुधबारभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । बजगाईले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यमन्त्री बद्री पाण्डेका बारेमा सामाजिक सञ्जालमा लेखेका र बोलेका विषयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।
महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले पार्टी केन्द्रीय कार्यालयमा बोलाएर मंगलबार मौखिक स्पष्टीकरण लिएका छन् । मन्त्री पाण्डेले गत साता बजगाईलाई अनुशासनको कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका थिए ।
मन्त्री पाण्डेले भैरहवामा क्यासिनोको लाइसेन्स दिने क्रममा मन्त्रीले घुस खाएको आरोप लगाएका थिए । आफ्नै दलको मन्त्रीका बारेमा प्रश्न उठाउँदा पार्टी केन्द्रीय कार्यालय, अनुशासन समिति लगायतमा नभनेर सार्वजनिक रूपमा बोल्नु अराजकता भएको भन्दै बजगाईलाई सचेत बनाइएको थियो ।
प्रतिक्रिया