रास्वपाले आज सरकारविरुद्ध ७ मिनेट घन्टी बजाउने
४ मंसिर २०८१ १४:१८
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरुद्ध टोलका सबै चोकमा ७ मिनेट खबरदारी घण्टी बजाउन आह्वान गरेको छ । आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलका चोकमा जम्मा भई घण्टी बजाउन पार्टी कार्यकर्ता र समर्थकलाई रास्वपाले आग्रह गरेको हो ।
दुई वर्षअघिको आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुआत भएको दिन भन्दै रास्वपाले यस्तो कार्यक्रम घोषणा गरेको हो ।
घण्टी बजाउँदै गरेको फोटो, भिडिओहरू सामाजिक सञ्जालमा अपलोड गरी खबरदारी गर्न पनि रास्वपाले भनेको छ ।
प्रतिक्रिया