प्रहरी अस्पतालका तीन चिकित्सक डीआईजीमा बढुवा
२ मंसिर २०८१ २२:१९
गृह मन्त्रालयले प्रहरी अस्पतालका तीन जना प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे)को बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया