चार देशका नवनियुक्त राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ

नव नियुक्त चार देशका राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज आइतबार उनीहरूलाई राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

पाकिस्तानका लागि रीता धिताल, कतारका लागि रमेशचन्द्र पौडेल, प्रा.धनप्रसाद पण्डित इजरायलका लागि र प्रा.डा.कृष्णप्रसाद ओली चीनका लागि राजदूत नियुक्त भएका थिए ।

उनीहरूलाई राष्ट्रपति पौडेलले शपथग्रहण गराए । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर