सीएफ मोटो एडभेन्चर राइड २०२४ : अपर मुस्ताङ घोषणा
सीएफ मोटो नेपालको अधिकृत बिक्रेता रिलायन्स ग्रुप नेपालले ‘सीएफ मोटो एडभेन्चर राइड २०२४ : अपर मुस्ताङ’ घोषणा गरेको छ । यसमा भर्खरै लञ्च गरिएको ४५०एमटी को क्षमता र प्रदर्शनलाई दर्शाउने कम्पनीले जनाएको छ ।
नाडा २०२४ मा लन्च गरिएपछि छोटो समयमा नै बजारमा बलियोसँग स्थापित भएको ४५०एमटी एड्भेन्चर चाहनेहरूका लागि गजबको मोटरसाइकल हो । अब राइडरहरूले अपर मुस्ताङको राइडबाट यो बाइकको पूर्ण रूपमा अनुभव लिन सक्ने कम्पनीको भनाइ छ ।
यात्रा २०२४ को डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म आयोजना हुने तय भएको छ । जसमा सहभागीहरूले काठमाडौंबाट कोरला सीमासम्म एक हजार किलोमिटरभन्दा बढीको चुनौतीपूर्ण बाटो पार गर्नेछन् ।
डिसेम्बर २ मा काठमाडौंबाट प्रस्थान गरेका सहभागीहरूले हेटौंडा हुँदै चितवन राष्ट्रिय निकुञ्ज, पाल्पाको तानसेन, कालापानी, पवित्र तीर्थस्थल मुक्तिनाथ र प्रसिद्ध लोमान्थाङ शहरमा विश्राम गर्दै कोरला सीमानासम्मको यात्रा तय गर्ने कम्पनीले जनाएको छ ।
सीएफ मोटो नेपालको वितरक ऋषि ट्रेड सेन्टरका प्रबन्ध निर्देशक उज्ज्वल जोशीले यो यात्राले साहसिकताको वास्तविक सारलाई समेट्ने बताए। उनले भने, ‘यो यात्रा सहनशीलता, अन्वेषण, र मोटरसाइकलिङको साँचो परीक्षा हो ।’ कम्पनीले राइडमा सहभागी भई अविस्मरणीय यात्राको हिस्सा बन्न आह्वान गरेको छ ।
प्रतिक्रिया