कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न आदेश
३ कार्तिक २०७९ १८:३५
काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।
उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दर्ता गरेको थियो ।
प्रतिक्रिया