आफ्नै पार्टीका सांसद बजगाईलाई कारबाहीको माग गर्दै मन्त्री पाण्डेको उजुरी

आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईलाई कारवाही माग गर्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले उजुरी दिएका छन् । मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद बजगाईंलाई कारवाही माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

सांसद बजगाईले पार्टी अनुशासन र हितविपरित काम गरेको भन्दै अनुशासनको कारबाही माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जनाएको छ । सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।

सांसद बजगाईको आरोपको प्रतिवाद गर्दै मन्त्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए । उनले आफूले करोड होइन कौडी मात्र खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईंलाई चुनौती दिएका थिए । उनले घुस खाएको पुष्टि गरे पशुपतिनाथको ढोका अगाडि नै आत्महत्या गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर